घुम्न भनेर निस्किएका २२ वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको छ ।
शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कुच्याएर चिन्नै नसक्ने बनाउँदै विभत्स तरिकाले हत्या गरेर पराल र माटोले पुरेको अवस्थामा उनको निर्बस्त्र शव फेला परेको हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।
प्रहरीका अनुसार मृत्यु हुने अबिशेकको घर भारत भएको र बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँगै मामा घरमा बस्थे ।
सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् । उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन । शवको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दी को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसपी पोखरेलले शरीरका केही भाग सड्न थालेको अवस्थामा शव भेटिएका कारण घटना तीन÷चार दिन अघिनै भएको बताए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए । घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘शवको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ । झापा बिर्तामोडमा काजकिरिया गर्दै बसेकी आमाको अवस्था एकदमै नाजुक रहेको छ । त्यहा धेरैको संख्यामा उपस्थिति छ । घटनाको सबै नालीबेली वडा अध्यक्षले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!