कोपा अमेरिका फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भेनेजुएला टिमका १२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

ब्राजिल पुगेको भेनेजुएलाको टिममा ९ खेलाडी र ३ जना कोचिङ स्टाफलाई कोरोना देखिएको हो।

कोरोना देखिएका खेलाडी र कोचिङ स्टाफ होटलमा आइसोलेसनमा बसेका छन्।

भेनेजुएलाले थप १५ खेलाडीलाई कोरोना लागेको खेलाडीको स्थानमा खेल्न टिममा बोलाएको छ।

कोपा अमेरिकाको उद्‌घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच आज राति प्रतिस्पर्धा हुँदैछ।

दक्षिण अमेरिकन फुटबल महासंघले ब्राजिल र भेनेजुएलाबीचको खेल तोकिएको समयमै हुने बताएको छ।

यस्तै ब्राजिलका स्वास्थ्य मन्त्री मार्सेलो क्वइरोगाले पनि खेल तोकिएको समयमा हुने बताएका छन्। कोरोना लागेका सबै खेलाडी आइसोलेसनमा बसेकाले खेल नरोक्ने उनले बताएका छन्।

प्रतियोगिताको उद्घाटन खेल आज मध्यराति २:४५ बजे हुनेछ।

समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन्।

प्रतियोगितामा साविक विजेता ब्राजिल समूह ‘बी’ मा छ। यो समूहमा ब्राजिलसहित कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन्।

दुई समूहका चार-चार टिम क्वार्टरफाइनल पुग्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!