रचना रिमाल अर्थात चटपटेवाली यो नाम नेपाल आइडल सिजन थ्रीमा चलेको र निकै आशालाग्दो नाम हो । झापा भद्रपुर घर भएकी रचना नेपाल आइडलमा जानुभन्दा पहिला नै चर्चामा थिइन । नेपाल आइडलमा पुगेपछि रचनाको झनै चर्चा चुलिएको छ । सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि नै आशा बोकेको थियो । बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे । निकै मीठो उनको स्वरले स्कुल देखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो । धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी रचनाले अब नेपाल आइडलको पुरस्कार पाउने कुरामा धेरैले सम्भावना बोकेकी कलाकार भनेर भनेका छन । नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुति संगै हरेक हप्ता जजहरुको पनि निकै तारिफ पाउदैछिन झापाकी रचना रिमालले । सारै मीठो स्वरकी धनी रचना नेपाल आइडल सिजन तिनबाट नेपालको पहिलो महिला बिजेता बन्ने सम्भावना धेरै देखिन्छ । नेपाल आइडलको कार्यक्रममा पनि सबैभन्दा धेरै राम्रो कमेन्ट रचनाकै आउने गर्दछ । आज समीर सुवेदी लगायत उनको सुपर अनलाइन टिभी रचना रिमालको घर पुगेको छ । घरमा पुग्दा निकै दयनीय अवस्था देखियो । रचनाले बेच्ने चटपटे पसल बन्द रहेको अनि आमाले पनि आँखा नदेखेर लुगा सिलाउने काम गर्न छाडेको रहिछन् । रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेछन । रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको आमाले बताइन । रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन । रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन । आमाका अनुसार निकै गरिबीमा रचनाको परिवारले जसोतसो खान लाउन पुर्याउदै गरेको र रचनाको भोटिङका लागि आफ्ना परिवारले मन हुदा हुँदै पनि केही पनि खर्च गर्न नसक्ने बताउदै आँसु नै झारिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!