हिपमत डटकम

शुक्रबार, जेठ २८, २०७८ || 428  पटक पढिएको
फ़ाईल तस्बिर

दाङ। तुलसीपुर उपमहानगरपालिका(८ अस्वार गनारमा स्थानीय बिच भएको विवादको क्रममा गोली प्रहार गरेको अभियोगमा सोही उपमहानगरपालिका चन्द्रगञ्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गहतेखोलाबाट बुटनिया जाने कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा पूर्ण बहादुरले जग्गा नाप्ने अमिनलाई लक्षित गरी पेस्तोलबाट फायर गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोलीले खोजी गर्ने क्रममा रा।२ प ६७९२ नम्बरको मोटरसाइकलमा हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका(८ टिकरीबाट फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । घटनास्थलबाट म्यागजिन सहितको ६ राउण्ड गोली, एक राउण्ड खोका र कम्पनीको नाम नलेखिएको १ थान पेस्तोल प्रहरीले फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!