हिपमत डटकम

बुधबार, जेठ २६, २०७८ || 731  पटक पढिएको

विराटनगर । मोरङमा प्रहरीले हातहतियार सहित दुई जनालाई पक्राउ गरेको छ । बेलबारीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!