मंगलबार नेप्से परिसूचक ३००० विन्दु नजिक पुगी नयाँ रेकर्ड कायमा गरेको छ । यस दिन परिसूचक ५३.४४ अंक बढेर २९६०.१४ विन्दुमा पुगी हालसम्मकै उच्च विन्दु कायम गरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स समेत ७.४७ अंक बढेर ५२८.१० विन्दुमा पुगेको छ ।

मंगलवार २१७ कम्पनीको १ लाख ४९ हजार ७०८ पटकको कारोबारमा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ०४० रुपैयाँ बराबरको ३ करोड ५७ लाख ३७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको बजारमा मुक्तिनाथ विकास बैंक, गोर्खाज फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सांग्रीला डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, जानकी फाइनान्स, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनेन्स, कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ । यस दिन मेरो माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ४.९७ प्रतिशत घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९.०४ प्रतिशत र वित्त उपसमूहको परिसूचक ८.७१ प्रतिशत बढेको छ ।

लगानीकर्ताहरुको पूर्वानुमान सरह नै नेप्से ३००० विन्दु नजिक पुगेकोले लगानीकर्ताहरुको मनोबल र नेप्से दुबै उकालो लागिरहेको छ । लकडाउनका कारण अन्य क्षेत्रको लगानी पूँजीबजारमा भित्रिएकोले बजार बढीरहेको विश्लेषण लगानीकर्ताहरु गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!