हिपमत डटकम

मंगलबार, जेठ २५, २०७८ || 479  पटक पढिएको

चेन्नई । भारतको चेन्नईस्थित एक चिडियाखानामा राखिएको सिंहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चिडियाखानामा राखिएको एक पोथी सिंहको बिहीबार मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनु अघिल्लो दिनदेखि सो पोथी सिंहको नाकबाट तरल पदार्थ निस्किएपछि उपचार थालिएको थियो । तर बिहीबार साँझ उनको मृत्यु भएको हो ।

एकै स्थानमा राखिएका अन्य ११ सिंहको कोरोना परीक्षण गरिएको थियो । सोमध्ये ९ वटामा सार्स–कोभ–२ पोजेटिभ आएको बताइएको छ । तर त्यसको यकिन गर्न हैदरावादस्थित भारतीय पशु स्वास्थ्य अनुसन्धान संस्थान तथा केन्द्रमा नमुना पठाइएको चिडियाखानाका अधिकारीहरूले बताएका छन् । पोजेटिभ देखिएको ९ वटामध्ये एउटा पोथी सिंहको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएका अन्य सिंहलाई विशेष निगरानीसहित छुट्टै राखेर उपचार भइरहेको छ ।

सिंहमा संक्रमण देखिएसँगै हाल जनावरको भेटेनरी चिकित्सक, रेखदेख गर्ने कर्मचारी तथा चिडियाखानाका कर्मचारी सबैलाई पीपीई अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!