हिपमत डटकम

सोमबार, जेठ २४, २०७८ || 573  पटक पढिएको

नेकपा एमालेका नेता योगेश भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको एमाले एकताको हिजोको प्रस्तावले उत्साही बनाएको छ । विज्ञप्ति आएको केही मिनेटमै उनले स्वागत गरेका थिए । यसमा भट्टराईको पनि भूमिका थियो ।

योगेश भट्टराईले नेकपा एमालेको एकता बचाउन खुबै दौडधूप गरेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल दुवैसँग सम्पर्कमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि नियमित भेट गर्दै आएका छन् ।

नेपाल समूह नयाँ दल खोल्ने तयारीमा लागिसक्दा भट्टराईले नै रोकेका थिए । सामूहिक राजीनामा दिने माधव नेपाल पक्षको हस्ताक्षरमा उनी संलग्न भएनन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेपाल समूहको सांसदहरुले हस्ताक्षर गदौ भट्टराईले गरेनन् । उनले नेपाल समूह छाडेर मध्यमार्गी बाटो अपनाइरहेका छन् ।

अहिले ओली समूहको नजिक रहेका भट्टराईलाई ओलीको हिजो जारी एमाले एकताको ६ बुँदे प्रस्तावले निकै फाइदा पुग्यो । भट्टराईले यसमा आफ्नो भूमिका भन्न पाएका छन् । तर, यो प्रस्ताव अलमलाउनका लागि मात्र हो भन्ने माधव नेपाल समूहको बुझाई छ ।

एमाले एकताको ओलीको प्रस्तावले सबैभन्दा फाइदा योगेश भट्टराईलाई पुगेको छ । नयाँ दल खोल्न तयार भइसकेका माधव नेपालको समूहमा नजाँदा पनि उनले एकताको पक्षमा महोल तयार हुँदा हुँदै भन्न पाउने भएका छन् । बरु भट्टराईलाई मन्त्री पदको ढोका खुलेको छ । विश्वस्त स्रोतका अनुसार ओलीले योगेश भट्टराईलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

२ जेठ २०७५ को अवस्थामा फर्कन ओली तयार भएको प्रस्तावमा उल्लेख छ । तर, नेपाल धेरै अगाडि बढिसकेकाले पछि हट्ने सम्भावना कम छ । योसँगै भट्टराई पनि नेपाल समूहमा नजाने बहाना बनेको छ । रिपोर्टस नेपालबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!