पूर्व प्रधान्मत्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमाले जेठ ३ मा फर्काए ओलीले गरेको सबै राष्ट्रघात फिर्ता हुन्छ भनि प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि गरेको आह्वानप्रति यस्तो टिप्पणी गरेका हुन् ।

एमाले कणहरूसँग जिज्ञासा भन्दै भट्टराईले ट्वीटरमार्फत सोधेका छन्, ‘तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भात भान्सा गरेमा त्यस यता ओलीले गरेका २–२पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति र ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको बिचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’

प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!