हिपमत डटकम

आइतबार, जेठ २३, २०७८ || 1000  पटक पढिएको
फ़ाईल तस्बिर

केन्द्रमा बढेको जनता समाजवादी पार्टी (जसपा)को किचलो प्रदेश २ मा पुगेको छ । पार्टी निर्णय विपरित महन्थ ठाकुर (पूर्वराजपा) खेमा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि चर्किएको विवादले प्रदेश २ को सत्ता समीकरण बदलिने भएको हो ।

दुई नम्बर प्रदेशमा जसपाको एकल सरकार छ । ओली सरकारमा सहभागी भएको महन्थ खेमालाई सरकारबाट हटाएर केन्द्रीय गठवन्धनअनुसारको सरकार बनाउने गरी छलफल थालिएको छ । पार्टी र प्रदेशसभा संसदीय दलमा बहुमतमा रहेको अध्यक्ष उपेन्द्र यादव (पूर्वसमाजवादी) खेमाले नयाँ गठवन्धनका लागि काँग्रेस, माओवादीलगायतका दलहरुसँग छलफल शुरु गरेको हो ।

केन्द्रमा कारवाही र निष्कासनको होडबाजी चलिरहेकै बेला यादव पक्ष (पूर्वसमाजवादी)ले प्रदेश नम्बर २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । अध्यक्ष यादवको सहभागितामा आज जनकपुरमा बसेको बैठकले दलको नेता चयन गरेक हो ।

राउतको पक्षमा महन्थ खेमाका ६ जना प्रदेशसभा सदस्यले पनि हस्ताक्षर गरेको जसपा स्रोतले बताएको छ । बताइएअनुसार तत्कालिन समाजवादी पार्टीका ३० र राजपाका ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले राउतको पक्षमा हस्ताक्षर गरेका छन् ।

महन्थ खेमालाई सत्ताबाट आउट गर्ने रणनीतिका साथ छलफललाई तीब्रता दिइएको छ । नयाँ गठवन्धनका लागि अध्यक्ष यादवले काँग्रेस नेता बिमलेन्द्र निधिसंग हिजो लामो छलफल गर्नुभएको थियो ।

प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ८ र १ जना स्वतन्त्र सांसद छन् । सरकार गठन गर्न ५३ सांसद आवश्यक पर्छ । समाजवादी, काँग्रेस र माओवादी केन्द्र मिल्दा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने प्रदेश्सभाको अंकगणित छ ।

साभार -जनआस्था

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!