
बुरकिना फासोको उत्तरी इलाकामा बसेको याघा प्रान्तको एउटा गाउँमा भएको हमलामा १३२ जनाभन्दा बढीको मृत्यु भएको त्यहाँको सरकारले बताएको छ । मारिनेमा सातजना बालबालिका पनि समावेश छन् ।

सरकारका अनुसार हालैका वर्षमा भएको यो सबैभन्दा भयंकर हमला हो ।
राती बन्दुकधारीले याघा प्रान्तको साहेल इलाकाको सोलान नामक गाउँमा हमला गरे । यतिबेला उनीहरुले घर र स्थानीय बजारमा आगो लगाइदिए ।
अहिलेसम्म कुनै पनि चरमपन्थी समूहले यो हमलाको जिम्मेवारी लिएको छैन तर हालैका वर्षमा देशको सीमावर्ती इलाका, विशेषगरी नाइजर र मालीसँग जोडिएको इलाकामा इस्लामी चरमपन्थी समहूले हमला बढेका छन् ।
संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेशले यो हमलाको निन्दा गर्दै आक्रोश व्यक्त गरेका छन् ।
Secretary-General @antonioguterres voices outrage at killing of more than 100 people, including children, in Burkina Faso, and calls for redoubled support in fighting violent extremism. https://t.co/xUBrLn1tRF
— UN Spokesperson (@UN_Spokesperson) June 5, 2021
उनले भने, ‘म कडाभन्दा कडा शब्दमा यो जघन्य हमलाको निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसका कारण भइरहेको मृत्युसँग जुध्नका लागि अन्तरराष्ट्रिय समुदायले आफ्नो सदस्य देशलाई दिने मद्दत चाँडोभन्दा चाँडो दोब्बर बनाउनुपर्छ ।’
बुरकिना फासोका राष्ट्रपति रक केबोरले तीन दिनको राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन् ।
एक ट्वीटमा उनले भने, ‘खराब शक्तिविरुद्ध हामी एकसाथ डटेर खडा हुनुपर्नेछ ।’ उनले सुरक्षाबल हमलाकर्ताको खोजीको जुटेको जानकारी दिए ।
https://twitter.com/rochkaborepf/status/1401152209858043910?s=20
शुक्रबार एक अन्य हमलामा सोलान शहरभन्दा १५० किलोमिटर टाढा रहेको तदरयात गाउँका १४ जना मारिएका थिए ।
यस्तै बुरकिना फासोको पूर्वी इलाकामा अघिल्लो महिना भएको एक ठूलो हमलामा ३० जनाको मृत्यु भएको थियो ।
बीबीसी