खबर ठुलो छ

सडक छेउमा सानो छाप्रो, उमेरले करिब ९० पुग्न लाएकी एक बृद्ध आमा । आगो र चर्को घाममा पसिनै पसिना भएर मकै पोलिरहेकी छन् ।

यीनी हुन् सारा क्षेत्री । चारैतिर लकडान छ । घामबाट मात्र बच्नको लागी यो सानो ओझेल पारेर सडकको छेउमा तातो घाममा आगोसंगै खेल्दै उनका दिन बित्छन् । साराको साहारा कोही छैनन् । जिवनभर साथ दिने बाचा गरेका श्रीमान समेत १२ बर्ष अगाडी बिते भएका छोराछोरीले समेत छोडेर गए । गहभर आँसु पार्दै साराले आफ्ना बितेका श्रीमान याद गर्छिन् । उनका छोराहरु बाबुको क्रिया गर्न समेत आएनन् । अहिले छोरासंग भेट नभएको ६ बर्ष भयो । उनी पोखराको एक सडक छोउमा मकै पोलेर आफ्नो जिन्दगी काटिरहेकी छन् ।

सारा क्षेत्रीको घर पूर्व भोजपुर रहेछ । उनका बाबु भारतको कोलकत्ता बस्ने हुँदा उनी पनि कोलकत्तामै बसिन् । सानै उमेरमा बाबुको मृत्यूपछि उनी टुहुरो भईन् नेपाली दाजुभाईहरुले उनलाई पाले । अहिले पनि उनी आफ्नो बाबुआमा धेरै भएको सम्झछिन् । उनी भोजपुरबाट पोखरा आएको ३६ बर्ष भयो । बाबु छदा छोराहरु पनि थिए तर बाबुको मृत्युपछि छोराहरु कता गए गए । सम्पर्कमै छैनन् उनी भन्छिन् । उनको दिनचर्या दिउँसो सडक छेउमा बसेर मकै पोल्दै आएका ग्राहकहरुसंग गफ गर्दैमा बित्छ ।

शनिबार, जेठ २२, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया