शनिबार, माघ २५, २०७६ || 890  पटक पढिएको

विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न विद्याका व्यक्तीत्वहरुलाई पुरस्कृत गरेको छ । अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानको विराटनगरमा आज आयोजित कार्यक्रममा साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रका पुरस्कार प्रदान गरिएको हो

प्रतिष्ठानले १ लाख नगद राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कारबाट प्रा.डा. टंकप्रसाद न्यौपाने , . देवेनरा समुहले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार प्रा.डा. जगमान गुरुङ , ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार समाजसेवी काशीनाथ जोशी , ‘नरेश सुवेदी पत्रकारिता चेतना परस्कार’ पत्रकार मोहन भण्डारीलाई प्रादान गरिएको छ ।चारवटै पुरस्कारको राशि ५१ हजार रहेको छ कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरकी कार्यवाहम प्रमुख ईन्दिरा कार्कीले सबै सम्मानीत व्यक्तीत्वलाई पुरस्कार समर्पण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले पत्रकारीता , भाषा र साहित्यको माध्यामबाट योगदान पुरयाउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा देवेनरा ग्रृपका अध्यक्ष देव किशन मुन्दडा , अग्रज पत्रकार मोहन भण्डारी, प्रा.डा टंक प्रसाद न्यौपाने, दिनबन्धु गोयल लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार ‘चेतना मासिक कार्यक्रम’, मकाल’ टेलिभिजनबाट ‘चेतना प्रवाह’ र ‘चेतना सन्देश’ त्रैमासिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!