हिपमत डटकम

बुधबार, जेठ १९, २०७८ || 736  पटक पढिएको

काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ ।

चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।

समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् ।

बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।

‘एच१०एन३ भेरियन्ट विश्वभर नै मानिसमा देखिएको थिएन । यो कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको ठूलो संख्यामा फैलिने जोखिम निकै कम छ।’, एनएचसीले उल्लेख गरेको छ । कमिसनले यो संक्रमणबाट गम्भीर किसिमको लक्षण देखिने सम्भावना पनि कम हुन्छ ।

यसअघि गत फेब्रुअरीमा रुसमा बर्ड फ्लुको एच५एन८ भेरियन्टको मानिसमा पहिलो संक्रमण देखिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!