हिपमत डटकम

आइतबार, जेठ १६, २०७८ || 549  पटक पढिएको

सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ। विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालयस्थित अडिटोरियम हलमा आयोजना गरेको हो।

यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ। ‘हामीले टुँडिखेलमै कार्यक्रम आयोजना गर्ने तयारी गरेका थियौं तर निरन्तर पानी परेपछि स्थान परिवर्तन गर्नुपरेको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने। वर्षका कारण बाहिर कार्यक्रम गर्नसक्ने अवस्था नभएपछि सैनिक मुख्यालयको हलमा कार्यक्रम आयोजना गरिएको उनले बताए।

नेपाली सेनाले भने कार्यक्रम आयोजना गृह मन्त्रालयले गरेकाले यसबारे गृह मन्त्रालयलाई नै जानकारी हुने जनाएको छ। सेनाले गृह मन्त्रालयले गणतन्त्र दिवसको कार्यक्रम मनाउनका लागि हल उपलब्ध गराउन आग्रह गरेपछि उक्त हल उपलब्ध गराएको जनाएको छ। पछिल्लो समय बढ्दो कोरोना महामारीले निम्त्याएको स्वास्थ्य संकट र प्रधानमन्त्री ओली आफैंले निम्त्याएको राजनीतिक संकटबीच स्वास्थ्य संकटकाल लगाउन सक्नेगरी ल्याइएको अध्यादेशपछि कतिपयले सरकारका गतिविधिमाथि आशंका गर्न थालेका छन्।

अध्यादेशमा सेना परिचालनको व्यवस्थासमेत भएकाले कतै प्रधानमन्त्रीले त्यसको दुरूपयोग त गर्ने होइनन् भन्ने आशंकाबीच गणतन्त्र दिवससमेत सैनिक मुख्यालयमा गरिएकाले यसलाई चासोका साथ हेरिएको हो। तर आयोजक गृह मन्त्रालयले भने प्रतिकूल मौसमबाहेक अन्य कुनै कारण नरहेको जनाएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!