शुक्रबार, माघ २४, २०७६ || 1182  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२४ माघ: बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूरको सम्बन्धको विषयलाई लिएर निकै चर्चा हुन थालेको छ । उमेरको अन्तरले पनि प्रेमसम्बन्धको बारेमा खबर बाहिरिएसँगै उनीहरु चर्चामा थिए ।

यसैबीच, एकपटक फेरि यो जोडी चर्चामा छाएको छ । बोल्ड लुक्सका कारण यो जोडी ‘टक अफ द टाउन’ बनेका छन् । मंगलबार मध्यरातमा अरमान जैन र अनीषा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसैबीच मलाइका अरोडा निकै हट लुक्समा देखिएकी छिन् । उनी रातो सारीमा देखिएकी छिन् । अर्जुन कपूरले हरियो रङको शेरवानी लगाएका छन् । उनी भेन्यूमा पुग्ने वित्तिकै मलाइकालाई पर्खिरहन्छन् र मलाइका भेन्यूमा पुगेपछि दुवैले फोटोशुट गर्दै गराएका छन् ।

यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ । उक्त भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीसँग भेटघाट गर्छिन् र अगाडि बढ्छिन् त्यसै समयमा मलाइकाको पछि पछि अर्जुन कपूर छिटो छिटो हिँडेर पछि पछि गएको देखिएको छ । भाइरल यो जोडीको तस्बिर पनि निकै भाइरल भइरहेको छ । साथमा दुवै निकै सुन्दर देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!