खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं,२४ माघ: हालै मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना गरिएको थियो । स्क्रिनिङमा बलिउडका ठूला स्टार्सको उपस्थिती रह्यो । यो मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् । सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा पनि परिन् ।

ट्रोलर्सले सोनममाथि निशाना साँध्दै भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’

अर्का ट्रोलरले भने, ‘यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।’

अर्का एक प्रयोगकर्ताले अलिकति त लाज राख सम्म भन्न भ्याए ।

नकारात्मक ट्रोल्सबाहेक केही मानिसहरुले सोनमको फेसन सेन्सको पनि तारिफ गरेका छन् ।

एक प्रशंसकले लेखे, ‘सोनम निकै राम्री देखिएकी छिन् । ’ अर्का एक प्रशंसकले लेखे, ‘बुवा, छोराको सबैभन्दा कूल जोडी । अल्टिमेट फेशन क्विन अफ बलिउड ।’

स्मरण रहोस्, सोनम कपुर यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन् । यद्यपि, उनको फेसन सेन्सको निकै तारिफ पनि गरिन्छ ।

शुक्रबार, माघ २४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया