हिपमत डटकम
मोरङ,२४ माघ:उद्योग वाणिज्य संघ लेटाङ्गको२३अौं वार्षिक साधरण सभा एवं निर्वाचनमा महासचिव वाहेक लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ (सानु)को पुरै प्यानल नै विजयी भएको छ ।

उक्त निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् । संयोजक राईका अनुसार उहाँका निकटतम प्रतिद्वन्दि मित्र प्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए । यसै गरि वरिष्ट उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विस्वास विजय हुनुभएको छ ।उहाँका प्रतिद्वन्दी गजेन्द्र ठकुरीले २००मत मात्र प्राप्त गर्नुभयो ।

महासचिवमा फरक समुहका नेत्र निरौला २१९ मत प्राप्त गरी विजय हुनुभएको छ भने अर्का प्रतिद्वन्दी ढक बहादुर श्रेष्ठले भने २१० मत प्राप्त गर्नुभयो । उद्योग सचिवमा विजयी कुबेर पौडेलले २२४ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्वन्दी टेक बहादुर श्रेष्ठ (उमेश) ले भने १९२ मत प्राप्त गरेका छन्। साथै वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठले २२५ मत प्राप्त गर्नुभयो भने , प्रतिद्वन्दी गोविन्द कुमार चेम्जोङ्गले १८४ मत प्राप्त गरेको निर्वाचन संयोजक राईले जनाउनुभयो ।

यसै गरी समितीका अन्य सदस्यहरुमा निर्मल कुमार दाहाल २४० , मञ्जुला ठाकुर २४७ , दमयन्ती सुब्बा २६२ र हरिनारायण चौधरी २५४ मत ल्याएर विजयी भएका छन् ।

संघको निर्वाचनमा ५ जना भने सर्बसम्मतिले चयन भएका छन । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ , क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!