हिपमत डटकम

सोमबार, जेठ १०, २०७८ || 452  पटक पढिएको

दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।

त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्। एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध नभएको दाबी गर्दै अस्वीकार गरेको छ। एक पक्षले अर्कोलाई कारबाही गर्ने प्रक्रिया सुरु भएसँगै जसपाभित्रको विवाद उत्कर्षमा पुग्दै विभाजनउन्मुख देखिएको छ।

ठाकुर–महतो पक्षको आइतबार बसेको बैठकमा कार्यकारिणी समितिमा ठाकुर–महतो पक्षका सदस्य तथा सांसदलाई मात्रै बोलाइएको थियो। यो बैठकले शनिबार यादव पक्षले गरेको कारबाही निर्णय नमान्ने निर्णय गरेको छ। ठाकुर–महतो पक्षले शनिबार पार्टी कार्यकारिणी समितिको बैठक नबसेको भन्दै समितिका नाममा यादव पक्षले गरेको कारबाहीको निर्णय अमान्य भएको जनाउसहित निर्वाचन आयोगलाई पत्रसमेत लेखेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!