हिपमत डटकम
काठमाडौं,२४ माघ : चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए । प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् । यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!