हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 1122  पटक पढिएको

एजेन्सी   । भारतको ब्रजपुरी कोलोनी निवासी एक युवकको घरमा दुई महिला प्रवेश गरेर युवकमाथि कुटपिट गरेका छन् । प्रहरीका अनुसार ती आमा छोरी हुन् ।

युवककी आमा छोरालाई बचाउन आउँदा उनलाई समेत भुईमा लडाइदिएका थिए । युवक भाग्ने कोशिश गर्दा उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहार पछि युवक घाइते भएका छन् । आक्रोसित आमा छोरीले युवकको राहदानी समेत च्यातिदिएका छन् ।

प्रहरीको अनुसार युवकले केही वर्ष अगाडी युवतीलाई बलात्कार गरेका थिए । उनीमाथि बलात्कारको मुद्दा चलाइएको थियो । उनी जेलमा थिए । २१ मे मा युवक हिरासतबाट छुटेर घर आएसँगै आक्रोसित भएका आमा–छोरीले युवकको घरमा पसेर कुटपिट तथा तोडफोड गरेका हुन् । उनीहरुले दराजबाट युवकको राहदानीसमेत निकालेर च्यातिदिएका हुन् ।

चक्कुले युवकको हातमा चोट लागेको छ । धेरै समयसम्म प्रहरीले सम्झाएपनि युवती र आमा घर फर्किएका छन् । आरोपित आमा–छोरीमाथि प्रहरीले मुद्दा दायर गरेको छ । Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!