हिपमत डटकम
काठमाडौं,२४ माघ : कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् । सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो । तीन वर्षको प्रयासपछि कम्पनीले दिनुपर्ने ९० लाख रुपैयाँ पीडित युवाले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जाँदाजाँदै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । लामो समय तलब नपाइ फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता प्रमुख रहेको पीडितले बताएका छन् । यो समाचार आजको कारोबार दैनिकमा  लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!