हिपमत डटकम

बिहिबार, जेठ ०६, २०७८ || 799  पटक पढिएको

एजेसी । हमासका एक वरिष्ठ अधिकारीले एक दुई दिनभित्रै गाजामा युद्धविराम हुने दाबी गरेका छन् । अहिले इजरायल र हमास दुबैले आक्रमण जारी राखेका छन् ।

यद्यपी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्धविरामको कुनै संकेत गरेका छैनन् । उनले यसअघि निरन्तर गाजामा आक्रमण हुने घोषणा गरेका थिए । त्यस्तै, इजरायली नागरिकका लागि शान्ति र सुरक्षा बहाल राख्न आफु दृढ रहेको बुधबार बताएका छन् । बिहीबार बिहान गाजामा हमासलाई लक्षित गरेर इजरायलले १ सय पटकभन्दा धेरै हवाइ हमला गरेको छ । त्यस्तै, हमासले पनि रकेटमार्फत जवाफ फर्काइरहेको छ ।

विगत ९ दिनदेखि इजरायल र हमासबीच निरन्तर संघर्ष जारी छ । गाजाको स्वास्थ मन्त्रालयका अनुसार हिंसामा परेर गाजामा एक सय महिला र बालबालिकासहित कम्तिमा २ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!