हिपमत डटकम

बिहिबार, जेठ ०६, २०७८ || 641  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो ।

मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा ‘बादल’ को पक्षमा मत माग्दै अपिल जारी गरेका थिए भने मौन अवधिमा उम्मेदवारकै दौडधूपसमेत बढेको थियो । त्यसै गरी, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि सार्र्वजनिक अपिल जारी गरेर आचारसंहिता उल्लंघन गरेका थिए । ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिताविपरीत गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चारमाध्यमलगायतले पालना गर्नुपर्ने आचारसंहितासमेत लागू भइसकेको सन्दर्भमा आचारसंहिताविपरीतका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’

आयोगले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको चेतावनीसमेत दिएको छ । एकातर्फ निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!