हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 661  पटक पढिएको

चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ ।

उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।
पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।-सिन्ह्वा/Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!