हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 591  पटक पढिएको

नवलपरासी पश्चिम पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बस सडकबाट तल खसेर दुर्घटना भएको हो।

काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुर्सानि खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए । चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!