यो लेख तयार पार्दा सम्म नेपालमा जम्मा ५२ सय १५ जनाकोरोना संक्रकमितले ज्यान गुमाएका छन भने ३ लाख ४३ हजार ५ सय २३ निको भएका छन् र देशभर संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० छन् । यसै बिच फोहरी राजनितीले अल्पबिराम लिएको जस्तो देखिए तापनि त्यो फगत भ्रम हो । जुन सुकै बेला पनि गिजोलिएको राजनीतिले देशमा आक्रान्त सृजना गरेको कोरोनाको कहरलाई बिर्सदै सत्ता र कुर्सीमा केन्द्रित हुने सम्भावना जिवितै छ । अल्पमतको कुर्सीमा बसेका केपी शर्मा ओली ले कुर्सी जाने छनक समेत पायो भने उनी आफ्नो औकादमा आइहाल्न वेर लाग्दैन । सरकार अल्पमतको भएपनि मानवताको सबालमा सरकारले अल्पबुद्धी प्रस्तुत गर्नु शोभनिय पट्क्कै हुँदैन । बिडम्ना १ जब प्रश्न सत्ताको आउँछ अनिखास मिडीया तथा अमुक नेताको धारमा बगेकानागरिक समाजको ध्यान समेत सत्ताजोगाउने ‘कन्टेन्ट’ उत्पादनमा लागि हाल्छन् । कोरोना कहर र नेपालमा यसको प्रभाव नै छैन् भनि चित्रितगर्न न्वारनदेखिको उर्जा लगाउन थाल्छन् । तर सामाजिक, आर्थिक राजनीतिकहिसाबले अत्याधिक खण्डित समाजमा यो कुनै नौलो कुरो होईन । यद्धपी हरेक सचेत नागरिकले महामारीको बेला सत्तालाई सबाल गरिराख्नु उपयूक्त मानिन्छ, र यो आवश्यक हुन्छ नेपाली समाजमा ।
विश्वबैंको आँकडा अनुसार तीन करोडको जनसंख्या रहेको देशमा १५९५ अर्थात झण्डै सोह्र सय आइसीयू बेड, ४० भेन्टिलेटर अर्थात झण्डै ६२ हजार मानिसमा एउटा भेन्टिलेटर रहेको छ । चिकित्सकको संख्या ०.७ अर्थात एकलाखमानिसमाचिकित्सकको संख्या एक पनि छैन् ।
तर हाम्रा नेताहज्यूहरु माथि उल्लेखित स्वास्थ्यपूर्वाधारमा लागेको लागतको गणित निकाल्ने हो भने पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक बाटो अख्तियार गरी गरेको संसद बिघटन र त्यसपश्चात देखिएका राजनीतिक बाछिटालाई आफना अनुकुल बनाउन खर्चेको रकम र उनका बिरोधीले राजनीतिक प्रतिरक्षामा खर्चेको रकमलाई एक ठाउँमा जोड्ने हो भने बराबर हुन्छ होला । सत्ता जोगाउन प्रदेश देखि संघ सम्म भएका राजनीतिक तमासालाई साम्यपार्न वा सत्तापक्षले आफ्नो कथित राजनीतिकअस्तित्व जोगाउन जनप्रतिनीधी लोभ्यान गर्नु परेको खर्च कसैले पारदर्शी गरिदिने हो भने सरकारको लगानी र लगनता प्रस्ट हुनेथियो । हिँजो मात्र प्रधानमन्त्रीले तथा मन्त्रीहरुले सपत लिँदा देखिएको तामझामले वर्तमान सरकारको महामारी प्रतिको गम्भिरतालाई प्रस्टै झलकाएको छ ।
केपी ओलीको प्रतिगमनका मतियार बनेका जनता समाजवादी पार्टी नेपालका एक घटक / खेमा आदरणीय महन्थ ठाकुर ले चालु आर्थिक वर्षको बजेटमा नपरेका आयोजनामा प्रयाप्त बजेट लगेका छन् । अर्थ मन्त्रालयल स्रोतको चर्चा गर्दै एक राष्ट्रिय स्तरका अनलाई पोर्टल शिलापत्रले समाचार लेखेको छ । उक्त समाचारकाअनुसार ठाकुरका लागि केही साता पहिलामात्र ३ अर्ब भन्दाअधिक रकमान्तर तथा स्रोत सुनिश्तिता गरेको छ । ठाकुरका लागि अर्थमन्त्री मात्र होइन, प्रतिगमनशिरोमणी केपी शर्मा ओली समेतको दबाबमा बजेट माग भएपछि अर्थका अधिकारीहरुलाई ब्यापक दबाब दिइएको रहेछ ।
राजनीतिमा र खासगरि संसदिय व्यवस्था भएको राजनीतिमा समय अर्थात ‘टाइमिङ्ग’को महत्व हुन्छ । पटक पटक मन्त्री पडकाएका ठाकुरले आफ्ना निर्वाचन क्षेत्रमा अहिले सम्मखासै उल्लेखनिय काम नगरेको आरोप उनकै क्षेत्र बासीहरुले लगाउँदै आएका छन् । अहिले विकासकै कुरा गर्नेहो भने स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले विकासका कामहरु अगाडी नबढाएका होइन्न । तर जतीबेला देशमा प्रतिगमन र अग्रगमनको बीच नैतकि लडाइ भइरहेको बेला प्रतिगमनकारी कामहारथी ओली संग तीन अरब भन्दा अधिक बजेट लिनु आफैमा यो प्रस्ट गर्दछ की सन्त नेताको रुपमा आफुलाई देखाउने ठाकुर प्रतिगमन जोगाउन आर्थिक साँठ गाँठ गरेका छन् । राजनीतिकबजारमा के चर्चा छ भने ठाकुरलाई यो स्तरसम्म उत्रिन कसले उत्प्रेरीत गरेको होला त रुउनका क्षेत्रबासी ले रुउनीआफै यो लेनदेनलाई उचित ठाने रु या उनको राजनीतिकलगानीलाई सधैँ नफा खोरको परिचय बनाएका उनका सम्धीले ठाकुरलाई प्रेरित वामजबुर गर्यो त रु यो एउटा यक्षप्रश्नको रुपमालिनुपर्ने हुन्छ ।
वर्तमान अल्पमतको सरकारले फेरी बहुमत सिद्ध गर्नुपर्ने संबैधानिक बाध्यता जिबीत नै छ । तर वर्तमान प्रधानमन्त्रीको आत्मबल खस्किएको छैन् । यसमा यतीआवश्य भन्न सकिन्छ की आफ्नो तजबीजीका आधारमा राज्य श्रोतको दुरुपयोग गरेर भएपनि सत्ता जोगान कुनै कसर बाँकी राख्दैन्न उनी । अहिले सम्म भएको यस्तै हो । र ठाकुर जस्ता कथित इमान्दार नेताले अनाधिकृत रुपमा ओलीसंग बजेटको नाममाआर्थिक सेटिङ्ग गरेको देख्दा ठाकुर फेरी पनि तटस्थताका नाममा प्रतिगमनको पछलग्गु त बन्ने होइन ।
ठाकुर र ओलीबीचको यो लेनदेन बारे ठाकुरले आमजनलाई जवाफ दिनुपर्छ । ओली जस्ता मधेश बिरोधी शासकसंग तपार्इले तीन अरब झ्याप पार्नु तपार्इलाई ठूलो उप्लब्धी हाँसिल गरेको लाग्न सक्छ । तर जुन समयमा यो प्रगती गरेको तपाई देखाउन खोज्नुभएको छ त्यो आफैमा खेदजनक छ । अहिले जनता कोभिड १९ को महामारीले गर्दा भयवित छ । दिनहुँ दर्जनौ नागरिकको ज्यानगइरहेको छ । तपाईको आफ्नै प्रदेशमा अक्सिजनको हहाकार छ । अस्पतालमा भेन्टिलेटर छैन् । नेपालभारत बीचको खुला नाकाबाट हजारौ नेपाली लुकीछीपी नेपालभित्रीनबाध्य छन् । तर क्वरेन्टिनको व्यवस्था छैन् । के यो तीन अरब कोरोनामहामारी रोकथाममाखर्चेर यो तीन अरब भन्दा बढीको पाप कटाउने ल्याकत देखाउनुस । याकम्तीमाहाम्रा पुस्तालाई यो तीन अरबको हिसाबदिनुस ।
लेखक :- राकेश रोशन यादब
(जसपाका प्रभावशाली युवा नेता)
यो पनि…………………………
सत्तास्वार्थ र बजेट साटासाट : महन्थ ठाकुरलाई मागेजति रकम
अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा केन्द्रित छ । अहिले मन्त्रालयमा चालु वर्षको रकम रकमान्तर गर्न पनि भ्याइ नभ्याइ छ ।
बजेट रकमान्तर र नयाँ कार्यक्रममा स्रोत सुनिश्चितता सत्ताको स्वार्थसँग गाँसिएको छ । बुधबार अर्थ मन्त्रालय बजेट महाशाखालाई बजेट रकमान्तर गर्न र स्रोत व्यवस्थापन गर्न चुनाैती नै भयो ।
जसपा अध्यक्ष महन्थ ठाकुरले चालु वर्षको बजेटमा नपरेका आयोजनामा पर्याप्त बजेट लगेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार ठाकुरका लागि बुधबार मात्रै ३ अर्बभन्दा बढी रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ ।
ठाकुरका लागि अर्थमन्त्री मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको दबाबमा बजेट माग भएपछि अर्थका अधिकारीहरू दबाबमा परेका छन् ।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार ठाकुरले करिब एक दर्जन आयोजनामा रकम माग गरेका थिए । तीमध्ये तीनवटा आयोजना २० करोड रुपैयाँभन्दा बढीका छन् । अरुमा पनि ५ करोडभन्दा धेरै रकम रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले बजेट अनुशासनलाई बाँध्न मन्त्रालयगत रूपमा बजेट रकमान्तर गर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरेको छ । तर, अर्थले दबाब थेग्न नसक्दा बजेट अनुशासन उल्लंघन गरेरै भए पनि स्वार्थकेन्द्रित बजेट उपलब्ध गराइएको छ ।
बजेट मार्गनिर्देशन २०७७/७८ ले पनि खर्च गर्न नसकेको बजेट खर्चको ग्यारेन्टी भई रकम अभाव हुन सक्ने क्षेत्रमा बजेट सार्न सकिने व्यवस्था गरेको छ । यही प्रावधानलाई टेकेर महन्थ ठाकुरसहित उनीसँग नजिक रहेका नेताहरूले मागेका आयोजनामा मनपरी रकमान्तर गरिएको छ ।
अर्थस्रोतका अनुसार बुधबार उनले शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका आयोजनामा मागेजति रकम उपलब्ध गराइएको हो । शिलापत्रमा भागवत भट्टराईले लेखेको