हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 374  पटक पढिएको

ऐजेन्सी। भारतमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै लाखौ निर्दोष मानिसहरुले ज्यान गुमाइसकेका छन् । यस क्रममा केही कलाकारहरुको पनि संक्रमणबाट निधन भएको छ ।

आज साउथ उद्योगका एक कलाकारको निधन भएको छ । साउथ कलाकार नीतीश वीराको कोरोना संक्रमणबाट सोमबार निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ४५ वर्षीय साउथ कलाकार नीतीशको सोमबार बिहान चेन्नईको ओमान्दुरर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नीतीशले केही ठुला फिल्ममा पनि काम गरेका थिए ।

उनले सुपरस्टार रजनीकान्तको काला, धनुषको असुरनमा शानदार काम गरेका छन् । वेनिला कवाडी कुझु, विजय सेतुपतिकी लाबम जस्ता ठुला र उत्कृष्ट फिल्ममा काम गरेका थिए । नीतीशको मृत्यु भएपछि तमिल फिल्म उद्योगले आज शोक मनाइरहेको छ । उनलाई सामाजिक सञ्जालमा प्रंशसकहरुले श्रद्वान्जली दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!