हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 854  पटक पढिएको

चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेको देखिएको छ। केहीदिन अघि सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम रहेकाले विवाहका लागि केटी नपाउने समस्या अझै केही समय रहने देखिन्छ।

गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका थिए। तीमध्ये १०० जना छोरी जन्मिँदा १११.३ जना छोरा जन्मेका थिए। सन् २०१० को तथ्यांकभन्दा यो अनुपात यसपालि केही घटेको हो। त्यतिबेला १०० छोरी जन्मिदा ११८.१ छोरा जन्मिने गरेका थिए। छोरा र छोरीको जन्ममा यत्रो फरक हुनुले चिनियाँ समाजले अहिले पनि छोरा नै महत्व दिएको देखिन्छ।

हङकङ युनिभर्सिटी अफ साइन्स अफ टेक्नोलोजीका प्राध्यापक स्टअर्ट जिटेन-बास्टेनले चिनियाँ समाजमा यो समस्या अझै लामो समयसम्म रहने बताए।

‘चीनमा सामान्यत: केटाहरूले आफूभन्दा कान्छी केटीसँग विवाह गर्छन्। तर अहिले त केही केटाहरू विवाहका लागि निकै बुढा भइसकेका छन्,’ उनले भने,‘अर्कातिर अहिले धेरै महिलाहरू एक्लै बस्न थालेका छन्। यसले विवाह प्रणालीलाई नै समस्यामा पारिदिएको छ।’

गत वर्ष जन्मिएका बच्चाहरूको तथ्यांकलाई नै आधार मान्ने हो भने जब उनीहरू विवाह गर्ने उमेरमा पुग्नेछन् त्यतिबेला ६ लाख केटाहरूले विवाहका लागि केटी पाउने छैनन्।

सिआनको जियाटोङ विश्वविद्यालयका जनसंख्याका प्राध्यापक जियाङ क्वानबाओका अनुसार सन् १९८० देखि २०३० को बीचमा चीनमा छोरीहरूभन्दा झन्डै ४ करोड बढी छोरा जन्मिएका थिए। त्यही भएर अहिले विवाहका लागि केटी नपाउने समस्या भएको हो।

सन् १९७९ मा सुरू भएर २०१६ मा सकिएको चीनको ‘एक बच्चा’ नीतिले पनि छोरीहरू गर्भमै मारिने र छोरामात्रै जन्माउने प्रवृत्तिलाई बढवा दिएको उनले बताए।

चीनको तथ्यांक विभागले अहिले चीनमा एक महिला सरदर १.३ बच्चा जन्माउँछन्। जबकी जनसंख्याको स्थायित्वका लागि त्यो दर २.१ प्रतिशत हुनु पर्छ।

चीनमा निम्न वर्गमा पुरूषहरूले विवाहका लागि केटी नपाउने समस्या बढी झेल्नु परिरहेको छ। सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!