हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 397  पटक पढिएको

कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महत्वका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ । सोअनुसार फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनाको नेतृत्व लिएको छ ।

वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिने र सोही अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेसनले जानकारी दिएको छ । यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान ९नाम्स० र फाउन्डेसनबीच हस्ताक्षर हुने बताइएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एकओटा अक्सिजन प्लान्ट स्थापना गरिने भन्दै फाउडेशनले यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको जानकारी दिएको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहने बताइएको छ ।

फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपत्कालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले एकीकृत योजना अगाडि सारिएको बताएका छन् । ‘अहिलेको मुख्य चुनौती गम्भीर अवस्थाका बिरामीको जीवन रक्षा गर्नु हो,’ उनले भने, ‘यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महŒवपूर्ण स्वास्थ्य उपकरण हुन्, हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं ।’

फाउन्डेसनले गतवर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २०० भन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्कका साथै विभिन्न अस्पताललाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!