चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । चुर्रोङ नामक ६ पाङग्रे यस यानले मंगलग्रहको उत्तरी ध्रुवस्थित Utopia Planitia मा अवतरण गर्ने लक्ष्य राखेको थियो ।

मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गराउने चीन दोस्रो देश हो । यसअघि अमेरिकाले मात्रै यस्तो उपलब्धि हासिल गरेको थियो । मंगलग्रहमा जान खोजेका अन्य सबै देशहरुको यान या त ध्वस्त भएको थियो वा त्यसको सतहमा पुग्ने बित्तिकै सम्पर्कविहीन बनेको थियो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले मंगलग्रहको मिसनमा रहेको टिमलाई उनीहरुको अद्भूत उपलब्धिका लागि विशेष सन्देश पठाएर बधाई दिएका छन् । अमेरिकी स्पेस एजेन्सी नासाका विज्ञान प्रमुख थोमस जुर्बुचेनले पनि बधाई सन्देश पठाएका छन् । त्यस्तै रुसी स्पेस एजेन्सी रोस्कसमसका प्रमुखले यो सफलताले चीन–रुसको भविष्यको सहकार्य राम्रो हुनेछ भन्ने संकेत गरेको प्रतिक्रिया दिए ।

बेइजिङको स्थानीय समयअनुसार शनिबार बिहान ७ बजे यो यान अन्तरिक्षमा अवतरण गरेका हो, यसले आफ्नो सोलार प्यानललाई अनफोल्ड गर्न र त्यसपछि पृथ्वीमा सिग्नल पठाउन थप १७ मिनेट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!