हिपमत डटकम
पथरी शनिश्चरे, २३ माघ:मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा आगामी फागुन १० गते हुने भएको छ ।नगरप्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले फागुन १० गते छैटौं नगरसभा गर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
साथै वैठकले हात्तीपाइले विरुद्ध घर घरमा गएर औषधि खुवाउने अभियानको माघ २४ गते नगरपालिका कार्यालयमा उद्घाटन् गर्ने र २५ गतेदेखि सवै वडामा कार्यक्रम अघि बढाउने निर्णय समेत गरेको छ । नगर प्रमुखको संयोजकत्वमा नगरको बसोबासको समस्या समाधानका लागि पहल गर्न सर्व पक्षीय सहभागितामा विभिन्न मन्त्रालयहरुमा ध्यानाकर्षण गराइएको समेत वैठकमा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!