हिपमत डटकम

बिहिबार, बैशाख ३०, २०७८ || 397  पटक पढिएको

विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ ।

गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए।

घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए।

‘कोराना संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ।’

उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!