बिराटनगर ,

यतिबेला द भ्वाइस अफ नेपालका प्रतिष्पर्धीहरु निरन्तर छाटिने कार्य धमाधम चलिरहेको छ । गएको शुक्रबार र सनिवारको लाईभ राउन्डबाट २ जनाले भ्वाइस अफ नेपालको यात्रालाई बिट मारेका थिए भने आज अर्थात मङ्सिर ६ गतेको एपिसोडबाट टिम राजुबाट अन्जु राना मगर बिदा लिएका छन् । यता खरो र उत्कृष्ट प्रस्तुतिका कारण निरन्तर चर्चा कमाईरहेका कोच प्रमोद टिमका बलबहादुर राजबन्शी गएको २ ओटै लाईभ एपिसोडबाट सेभ भएका थिए भने यो शुक्रबारको भिडन्तलाई पनि जितेका छन् ।

लाईभ राउन्डमा पुगेका ४ कोचका १० प्रतिष्पर्धीहरु घटेर अहिले ९ पुगे संगै बलबहादुर पनि उत्कृष्ट ९ भित्र पर्न सफल भएका छन् भने अब शुक्रबारको एपिसोड पश्चात् २४ घन्टाको लागि भोटिङ खुल्ला गरिएको छ । बलबहादुर राजबन्शीलाई गृहनगरमा भोटिङ प्रचारप्रसार भब्य रुपमा चलिरहेको छ भने काठमान्डौ लगायतका ठाउहरुमा पनि भोटिङ अभियान सुरु भएको छ । उनका फ्यानहरुले अन्य ठाउहरुमा पनि भोटका लागि विभिन्न तरिकाहरु अपनाईरहेका छन् । उनलाई भोट अपिल गर्न सामाजिक संजालमा समेत ग्रुप बनाएर अभियान चलाईरहेको छ ।

देश बिदेशबाट फ्यान तथा आफ्ना सुभचिन्तकहरुले निरन्तर भोट गरिरहेको फोन तथा म्यासेज गरेर जानकारी गराईरहेको राजबन्शी सुनाउछन् । उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । उनलाई जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी नेपालबाट मोवाइलको म्यासेज बक्समा ०३ टाइप गरि ३७००० नम्बरमा पठाउनु पर्नेछ । बिदेशबाट पनि एसएमएस मार्फत भोट गर्न सकिने छ ।

जस अन्तर्गत कतारबाट भोट गर्दा म्यासेज बक्समा ३ टाईप गरि ९२३०० नम्बरमा पठाउनु पर्नेछ । त्यसैगरि ईन्डियाबाट भोट गर्नलाई म्यासेजमा बल बहादुरको कोड ३ टाईप गरि ५३०१० मा पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ । फरक शैलि र स्वरका धनि बलबहादुर सबैका आशाका किरण हुन् । लाइभ राउण्डमा प्रवेश पाएका १० जना प्रतिस्पर्धीहरुबाट खुल्ला भोटिङका आधारमा छनौट हुदै बर्षको भ्वाइस अफ नेपाल बिजेता छानिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!