बिहिबार, माघ २३, २०७६ || 1008  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२३:  भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ । उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ । भारतीय संचारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरुमा बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरालगायत रहेको बताइएको छ । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!