हिपमत डटकम

शनिबार, बैशाख २५, २०७८ || 674  पटक पढिएको

नेपालगन्ज  । कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो ।

नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीबार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । ‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने ।

उनका अनुसार सात दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो ।

सन् १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।

नेपालगन्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीबार संक्रमणले नै ज्यान लिएको छ । उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!