हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 405  पटक पढिएको

काठमाडौं । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । ब्राजिलको राजधानी रियो दि जेनेरियोमाभएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा भएको प्रहरी अप्रेशनका क्रममा सो घटना भएको हो । सो क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन सुरु गरिएको थियो ।

गोली हानहानका क्रममा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएको बताइएको छ । रियो दि जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरु मध्ये एक हो ।

यसका अधिकांश क्षेत्र अपराधीहरूको नियन्त्रणमा रहेका छन् । तीमध्ये धेरै क्षेत्रमा लागू औषध तस्करी गर्ने समूहको प्रभाव छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!