बिहिबार, माघ २३, २०७६ || 1020  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२३ माघ: संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ । चावहिल–साँखु सडकखण्डमा निर्माण कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले चार वर्षमा पनि कालोपत्रे सम्पन्न हुन सकेको छैन । त्यस खण्डको कालोपत्रे सम्पन्न गर्न दबाब दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षको अवधिमा दुई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई लिएर अवलोकन गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिकमन्त्री रघुवीर महासेठको स्थानमा केही महिनाअघि वसन्त नेम्वाङलाई नियुक्त गरेका छन् । नेम्वाङले त्यस क्षेत्रको अवलोकन गर्दै चाँडो काम सक्न निर्देशनसमेत दिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!