हिपमत डटकम

बिहिबार, बैशाख २३, २०७८ || 502  पटक पढिएको

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेता नेपाल सिधै शितलनिवास पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । नेता नेपाल पक्षले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रणनीति बनाएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकता नचाहेको भन्दै नेपाल पक्ष रुष्ट बन्दै आएको छ ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग अलग पार्टी बनेका छन् । तर, एमालेमा भने समस्या उत्पन्न भएको छ । माधव नेपाल पक्षले अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेमा नै फर्काउनुपर्ने अडान लिएको छ । र, फागुन २८ गतेपछि भएका सबै निर्णय खारेजीको माग गरेको छ । प्रधानमन्त्री ओली भने अब धेरै अघि बढिसकेको हुनाले पछि फर्कन नसक्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!