कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउनेबारे छलफल भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि दलका नेताहरुको सक्रियता बढेको छ । हिजोमात्रै, प्रधानमन्त्री ओलीले देउवा निवास पुगेर आफूलाई विश्वासको मत दिन कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । तर, देउवाले कुनैपनि हालतमा आफूहरु विश्वासको मत दिने पक्षमा नरहेको जवाफ दिएका थिए । त्यसको भोलिपल्ट आज माधव नेपालले देउवालाई भेटेका हुन् ।

एमालेभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । नेपाल पक्षसँग ३० जनाभन्दा बढि सांसद रहेको दाबी गरिएको छ । यस्तो अवस्थामा नेपाल पक्षले बैशाख २७ गतेभन्दा अघि नै सामूहिक राजीनामा दिए ओलीले विश्वासको मत पाउने सम्भावना रहँदैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!