बिहिबार, माघ २३, २०७६ || 723  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२३ माघ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्ष्भित्र निजगढ विमानस्थल बनाइसक्ने दाबी गरेका छन् । देशकै ‘गेम चेन्जर’ परियोजना भएकाले सरकारले यसको निर्माणका लागि ‘अर्जुन दृष्टि’ लगाएर काम गरिरहेको उनको भनाइ छ ।

नेपालका विमानस्थलहरूको वर्तमान अवस्थाबारे जानकारी दिन बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले प्राविधिक काम सल्टाउँदै स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिएको जानकारी दिए । ‘जग्गा अधिग्रहण, टाँगिया बस्ती स्थानान्तरण तथा रूख कटानका विषयमा करीब सहमति भइसकको छ,’ उनले भने, ‘लगानी र निर्माणको बारेमा लगानी बोर्डले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिसकिएको छ । अबको ५ वर्षमा निजगढ विमानस्थल निर्माण सम्पन्न गरिनेछ ।’

काठमाडौंको अधिक ट्राफिक चाप घटाउन र मुलुकको समग्र विकासका लागि यो आयोजनाको विकल्प नरहेको मन्त्री भट्टराईको धारणा छ । अबको ५ वर्ष्भित्र नेपालमा हवाई पूर्वाधारको अवस्थामा धेरै सुधार आउने भन्दै उनले अहिले वार्षिक २० लाख पर्यटक आउने लक्ष्य राखिएकोमा अबको ५ वर्षपछि वार्षिक १ करोड पर्यटक नेपालमा भित्रिने दाबी गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!