माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्स अलग्गिँदै छन् । यी दुईले विवाहको २७ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । बिल गेट्स र मिलिन्डा गेट्स एक छोरा र दुई छोरीका आमा–बुवा हुन् । छोराको नाम ररी र छोरीको नाम जेनिफर र फियोबी हो ।

बिल गेट्सको कूल सम्पत्ति यतिबेला १४६ बिलियन डलर छ । बिल गेट्सले सन् २०१७ मा उनका प्रत्येक सन्तानलाई पैतृक सम्पत्तिको १० मिलियन डलर मात्रै दिइने बताएका थिए । अर्थात् तीनै सन्तानलाई कूल ३० मिलियन डलरको सम्पत्ति दिइनेछ । बिल र मिलिन्डाले उनीहरुको कूल सम्पत्तिको ९५ प्रतिशत हिस्सा समाजसेवाका लागि दान दिइने घोषणा गरिसकेका छन् । यसका लागि यी दुईले बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरिसकेका छन् ।

को हुन् बिल गेट्सः

– बिल गेट्सको पूरा नाम विलियम हेनरी गेट्स हो । १३ वर्षको उमेरमा पहिलो सफ्टवेयर प्रोग्राम लेख्ने गेट्सको जन्म सिएटलमा २८ अक्टोबर सन् १९५५ मा भएको थियो । हाईस्कूलमा पढाईका बेला स्कूलको परोल सिस्टम बनाइरहेका एक ग्रुपलाई मद्दत गरे र ट्रेफ–ओ–डेटा बनाए, जसले स्थानीय सरकारलाई ट्राफिक काउन्टिङ सिस्टम्स बेच्यो ।

– हार्वर्ड युनिभर्सिटीको पढाईका बेला पाल जी. एलन जस्ता साथी पाए र उनले माइक्रोसफ्टको जरा गाडे । इन्टरनेशल बिजनेस मसिन्स (आइबीएम) कर्पोरेशनका लागि एमएस–डस बनाए र कम्पनी हिट बन्यो । सन् १९९० को दशकको सुरुवातसम्म पीसी इन्डष्ट्रिमा माइक्रोसफ्ट अल्टिमेट किंगमेकर बनिसकेको थियो ।

– सन् १९८६ मा गेट्स अर्बपतीको सूचीमा समावेश भइसकेका थिए । सन् १९९५ मा दुनियाँका सबैभन्दा धनी व्यक्ति बने र थुप्रै वर्षसम्म यो स्थानमा रहे । पछिल्लो तीन वर्षदेखि गेट्स र अमेजनका जेफ बेजोसबीच संसारको सबैभन्दा धनी व्यक्तिका लागि प्रतिस्पर्धा चलिरहेको छ । फोर्ब्सको सूचीमा यतिबेला बेजोस् शीर्ष स्थानमा छन् भने गेट्स चौथो नम्बरमा ।

– जून २००८ मा गेट्सले माइक्रोसफ्टको दैनिक काम कारवाहीबाट आफूलाई अलग्गयाए । उनी यसो गरेर बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनलाई धेरैभन्दा धेरै समय दिन चाहन्थे । फेब्रुअरी सन् २०१४ मा उनले अध्यक्ष पद पनि छोडे । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!