हिपमत डटकम
काठमाडौं,२२ माघ :अभिनेत्री श्वेता खड्काको आज जन्मदिन परेको छ । माघ २२ गते पनौतीमा जन्मेकी श्वेताले आफ्नो ३१ औँ जन्मदिन मनाउँदै छिन् । नेपाली फिल्म इन्डस्ट्रीकी लोकप्रिय नायिका श्वेता एक कलाकार सँगै निर्मात्री, समाजसेवी र व्यवसायी पनि हुन् । पछिल्लो समय चलचित्र ‘कान्छी’मा देखिएकी उनी यति बेला आफ्नो व्यवसाय र समाजसेवामा व्यस्त छिन् । उनले श्वेता श्री फाउन्डेसनबाट सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि एकीकृत माझी बस्ती निर्माण गरेकी छिन् ।