हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 499  पटक पढिएको

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ ।

तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ ।

 

वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च ५ बी रकेटमा राखेर प्रक्षेपण गरिएको हो ।

आफ्नो स्थायी स्पेस स्टेशन सन् २०२२ सम्म बनिसक्ने विश्वास चीनको छ ।

अन्तरिक्षमा अहिले पृथ्वीको कक्षमा एउटा मात्र स्पेस स्टेशन रहेको छ, जसको नाम इन्टरनेशनल स्पेश स्टेसन हो । त्यसमा चीनलाई सामेल गरिएको छैन ।

अन्तरिक्ष विज्ञानको क्षेत्रमा चीन ढिलो गरी प्रवेश गरेको हो । उसले पहिलोपटक सन् २००३ मा आफ्ना अन्तरिक्षयात्रीलाई पृथ्वीको कक्षमा पठाएको थियो । यद्यपि अन्तरिक्षमा मानिसलाई पठाउने मुलुकमा रुस र अमेरिका पछि चीन तेश्रो देश थियो ।

स्पेस स्टेशन के मॉड्यूल को लेकर रवाना होनेवाला लॉन्ग मार्च-5 बी वाई2 रॉकेट

अहिलेसम्म चीनले दुईवटा स्पेस सेन्टर तियाङगङ्ग १ र तियाङगंग २ पृथ्वीको कक्षमा प्रक्षेपण गरिसकेको छ । यद्यपि, ती दुवै ट्रायलको रुपमा पठाइएको स्पेस स्टेसन थिए, जुन पृथ्वीको कक्षमा थोरै समय मात्र रहन सके ।

नयाँ स्पेस स्टेशन तियान्हे चाँहि कम्तिमा १० वर्षसम्म पृथ्वीको कक्षमा रहेर कार्य गर्ने बताइएको छ ।

चीनले सन् २०२२ सम्ममा १० वटा यस्ता मोड्युल लञ्च गर्नेछ जसले ३४० देखि ४५० किलोमिटरको उचाइबाट पृथ्वीको परिक्रमा गर्नेछन् ।

हाल पृथ्वीको कक्षमा इन्टरनेशनल स्पेस स्टेसनले परिक्रमा गरिरहेको छ । उक्त स्टेसनमा अमेरिका, रुस, क्यानडा, युरोप र जापानको संलग्नता छ । उक्त स्टेसनमा सामेल हुनमा चीनमाथि रोक लगाइएको छ ।

हालको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले आगामी सन् २०२४ देखि काम गर्न छाड्नेछ । त्यसबेला सायद चीनको तियान्हे नै एकमात्र कामकाजी स्पेस स्टेशनको रुपमा पृथ्वीको कक्षमा रहनेछ ।

चीनको अन्तरिक्ष योजना

उक्त मोड्युल प्रक्षेपण गर्नुभन्दा १ महिना अगाडि नै चीन र रुसले एक आपसमा सहकार्य गरी चन्द्रमाको सतहमा एक अन्तरिक्ष केन्द्र बनाउने घोषणा गरेका थिए ।

चीनको अन्तरिक्ष योजनाहरुका बारेमा जानकारी राख्ने चेन लेनले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार रुसको साथमा चीन जोडिनु र उक्त परियोजना आफैमा एक ठूलो कुरा हो । त्यो चीनका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष सहयोग परियोजना हुनेछ।

उसो त अन्तरिक्ष अनुसन्धानको अगुवा रुसलाई पछिल्ला वर्षहरुमा अमेरिका र चीनले पछि पारिरहेका छन् । अघिल्लो वर्ष स्पेस एक्सले अन्तरिक्ष यात्रीलाई सफलतापूर्वक अन्तरिक्षमा पठाएसँगै अन्तरिक्षयात्री प्रक्षेपणमा रुसी एकाधिकार पनि तोडियो ।

पछिल्ला वर्षहरुमा चीनले अन्तरिक्ष योजना सम्बन्धी आफ्ना महत्वाकांक्षाहरु सार्वजनिक रुपमै व्यक्त गरिरहेको छ । चीनले आफ्ना अन्तरिक्ष परियोजनाहरुमा निर्धक्क लगानी पनि गरिरहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिंगले पनि अन्तरिक्षसँग सम्बन्धित गतिविधिहरुलाई पूर्णरुपमा समर्थन गर्ने गरेका छन् र चीनका सरकारी सञ्चार माध्यमहरु पनि स्पेस ड्रिम परियोजना देशलाई पूर्णरुपमा बदल्ने कदम भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!