हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 664  पटक पढिएको

अफ्रिकी मुलुक माडागास्करमा सुक्खाका कारण भोकमरीको स्थिति छ ।

त्यसले गर्दा हजारौं मानिस घाँसपात र सलह खाएर भोक मेटाउन बाध्य भएका छन् । सुक्खा र धूलोयुक्त आँधीका कारण सबै अन्नपात नष्ट भएका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको वरिष्ठ निर्देशक अमेर दाऊदीले मलागासी भन्ने ठाउँमा बालबालिकाको जिन्दगी संकटमा परेको चेतावनी दिएका छन् । विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा कुपोषण चिन्ताजनक स्तरमा पुगेको छ ।

माडागास्कर संसारको सबभन्दा गरीब देशमध्ये एक हो । त्यहाँ स्वास्थ्य, रोजगार, गरीबी र जलवायु परिवर्तन सबै क्षेत्रमा समस्या छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार, पाँच वर्षमा ४० प्रतिशत कम अन्नपात उब्जनी भएको छ ।

कम्तीमा १३.५ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता छ तर विश्व खाद्य कार्यक्रमले ७.५ लाख मानिसलाई मात्र सहायता गर्न सकेको छ ।

सेप्टेम्बर महिनासम्म कम्तीमा साढे ७ करोड डलर आर्थिक सहायता उपलब्ध गरिएमा राहत दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!