हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 770  पटक पढिएको

लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । उनिहरुलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको हो ।

नगारी र ओडबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिलिप चौधरीले बताए ।

कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!