बिहिबार, मंसिर ०५, २०७६ || 1499  पटक पढिएको

धान काट्न मेसिनकाे प्रयाेग,किसानहरु हर्षित

मातृका पाैडेल,गाैरादह

झापा ।झापाकाे पश्चिम दक्षिणी क्षेत्रका किसानहरु मेसिन काे सहायता द्वारा धान काट्न ब्यस्त भएका छन्। कृषिमा बढ्दो अाधुनिकिकरण सँगै धान काट्न पनि मेसिनकाे प्रयाेग गर्न थालेका हुन्। मजदुरकाे तुलनामा मेसिन बाट धान काट्नाले ज्याला तथा समय अत्यन्त कम लाग्ने किसान बताउँछन् । गाैरादह ४ का किसान रुद्र प्रसाद पाैडेलले पाेहाेर साल धान काट्न ५००० रुपैयाँ लागेकाे र यसपालि मेसिनबाट धान काट्दा २४०० मा धान काटिसकेकाे बताउनु हुन्छ । मेसिनकाे प्रयाेग बाट धान काट्नाले अाधा रकम बचत हुने अर्का किसान सुकदेब अधिकारी बताउँछन् । दुई चक्के हाते मेसिनले एक घण्टामा ६ देखि ८ कठ्ठा सम्म धान काट्ने र प्रति घण्टा १२०० रुपैयाँ लाग्ने मेसिन संचालक हरि पाेखरेल ले बताउनुभयो ।उक्त मेसिनकाे बजार मूल्य एक लाख नब्बे हजार रुपैयाँ पर्ने संचालक पाेखरेल बताउछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!