हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 524  पटक पढिएको

नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शनिबार अवसरमा शुभकामना दिंदै गौतमले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् ।

‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागिपरेको पनि छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

अरु नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने उनले उल्लेख गरेका छन् । ‘..हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गछौं भनेर प्रतिबद्धता व्यक्ति गर्ने दिन हो,’ उनले आग्रह गरेका छन् ।

सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेको पनि गौतमको भनाइ छ । सत्ता स्वार्थ प्रेरित गतिविधि नरोके मुलुकमा फेरि प्रतिगमन स्थापित हुने गौतमले बताएका छन् । news source :- onlinekhabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!