राम प्रेम यादब

शनिबार, बैशाख १८, २०७८ || 1546  पटक पढिएको

भारतमा मजदुरी गरेर सुर्खेत चौकुने वाड न.ं ६ घर जान फर्किएका श्रीमती र छोराछोरी सहित एक परिवार ६ जना विराटनगरको बसपार्कमा हिजो देखि अलपत्र परेको थियो ।

यो कुरा नेपाल सरकारको पुर्व सचिव तथा समाजिक अभियनता भिम उपायध्यले समाजिक संजालमा सेयर गरे पछि पत्रकार बीरेन्द्र कुमार साहले ओसीम आलमको नेतृत्वमा संचालन हाम्रो अभियान टीमलाई जानकारी गराइको थियो ।

हाम्रो अभियान टीमले यो कुराको जानकारी पाउनु साथ अभियनता ओसिम आलम सहित अन्य सदस्यहरु १५ मिनेटमा त्यहाँ पुरी उनीहरुको लागी चिउरा, चाउचाउ , बिस्कुट ,पानी लगायतका खानेकुरा उपलब्ध गराएको छ । उनीहरु हिजो देखि भोखै रहेको युवा समाजीक अभियनता ओसीम आलमले हिपमत डटकमलाई बताए ।

साथै हाम्रो अभियान टिमले उनीहरुलाई केही आर्थीक सहयोग सहित घरसम्म जानको लागि गाडीको ब्यवस्था गरी दिएको आलमले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!