
आजतमा कार्यरत चर्चित भारतीय पत्रकार रोहित सरदानाको कोरोनाबाट मृत्युु, भरतीय मिडया जगतमा शोक आजतक टेलिभिजनमा कार्यरत भारतका लोकप्रिय एवं चर्चित पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट मृत्युु भएको छ ।

उपचारको क्रममा शुक्रबार दिउँसो उनको एक अस्पतालमा निधना भएको भारती सञ्चारमाध्यमहरुले जनाएको छ ।
संक्रमित भएपछि घरमै आइसोलेट भएका पत्रकार सरदानाको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार बिहानै अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । अल्प आयुमै भएको उनको मृत्युले भारतीय मिडिया जगतमा शोक छाएको छ ।